१ जेठ, काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा आज काठमाडौं आइपुगेका छन्। उनी नेपालमा भोलिदेखि सुरु हुन गइरहेको सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन आएका हुन्।
उपाध्यक्ष सियाओले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरे।
सगरमाथा संवाद कार्यक्रम जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा हुनेछ। सो संवादमा जलवायु परिवर्तन, वातावरणीय संकट र दिगो विकासजस्ता विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका विज्ञ, नेताहरूको सहभागिता रहनेछ। यस भ्रमणलाई नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउने अवसरको रूपमा हेरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend