३० बैशाख, काठमाडौँ । नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकारले सञ्चालन गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमको दायरा पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उनले हालको जस्तो फराकिलो सामाजिक सुरक्षा प्रणालीले राज्यको वित्तीय भार असह्य हुने भन्दै आगामी बजेटमा यस विषयलाई गहिरो समीक्षा गर्नुपर्ने सुझाव दिएका हुन्। विष्टले सामाजिक सुरक्षा सबै वर्गका लागि नभई लक्षित वर्गलाई केन्द्रित गरेर पुनः परिभाषित गर्नुपर्ने बताएका छन्।
उनले बेरोजगारीलाई हालको आर्थिक संकटको जड मानेर, अबको बजेटले यसलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए। प्रत्येक वर्ष १४ देखि २५ वर्ष उमेर समूहका करिब ५ लाख युवा श्रम बजारमा प्रवेश गर्ने तथ्य प्रस्तुत गर्दै उनले यति ठूलो संख्यामा श्रमिक थपिँदा समेत प्रतिमहिना ६५ हजार युवाको वैदेशिक रोजगारीका लागि पलायन हुनु चिन्ताको विषय भएको बताए। यो प्रवृत्ति रोक्नका लागि सरकारले रोजगारी सिर्जनाका दिगो योजना अघि ल्याउनुपर्ने आवश्यकता उनले औँल्याए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend