२५ वैशाख, काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक अपराह्न ५ बजे बालुवाटारमा बस्ने गरी बोलाउनु भएको छ ।
बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ । सत्तारुढ दलमा भागबण्डा नमिल्दा गभर्नर नियुक्ति हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले यीनै समसामयिक विषयमा छलफल गर्न बैठक बोलाउनु भएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend