२४ वैशाख, काठमाडौँ । आज (बुधबार) बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। आज (वैशाख २४ गते) भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। दिवसको अवसरमा आज काठमाडाौँ र हेटौँडामा विभिन्न कार्यक्रम हुँदैछन्।
गएको सोमबार नै मन्त्रालयले सूचना निकालेर भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको थियो।
प्रदेश सरकारी कामकाजी भाषा ऐन–२०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले जारी गरेको सूचनामा उल्लेख छ।
बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशमा सरकारी कामकाजको नेपाल भाषा र तामाङ भाषालाई २०८१ वैशाख २४ गतेदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याइएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend