२० बैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिताको क्षेत्र असुरक्षित बन्दै गएको बताउनु भएको छ ।
शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरीको आयोजना गर्दै उहाँले पछिल्लो समय पत्रकारिताको क्षेत्र सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘पेशागत असुरक्षाका कारण पत्रकारले पेशामा भोग्नु परेको समस्याहरु पनि हामीले उल्लेख गरेका छौ यो वर्ष अझ बढि पत्रकारहरुका लागि पेशामा सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको छ । अगाडि बसेर काम गर्ने पत्रकारहरुको लागि अझ बढि सुरक्षा नभएको जस्तो लागेको छ ।’
यस्तै, उहाँले पत्रकारमाथि दुर्व्यवहार र सञ्चार माध्यममाथि भएका अक्रमणका घटनामा अहिले पनि दण्डहिनताको अवस्था रहेको भन्दै यस्तो घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गर्नु भयो ।
आज विश्भर नै बढ्दो प्रविधिले मिडियामा कस्तो असर पारेको छ, यसले गर्दा पनि पत्रकारहरु असुरक्षित भएको हो की भन्ने बारेमा पनि महासंघले एक खालको छलफल गर्न लागेको पनि उहाँले जानकारी दिनु भयो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend