१९ बैशाख, काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिँदै हुनुन्छ ।
आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।
गत बैशाख १७ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका गर्नु भएको थियो । जसको २ दिन पछि आज पद तथा गोपनीयताको सपथ हुन लागेको हो ।
गत वैशाख १० मा प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्य मन्त्री कान्छाराम तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका गर्नु भएको थियो । रिक्त रहेको पदमा नेपाली कांग्रेसको सिफारिसमा गर्बुजा नियुक्त हुनु भएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend