१६ जेठ, काठमाडौं । ‘राष्ट्रिय महिला भेला’आजदेखि काठमाडौंमा शुरु हुँदैछ। एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा दुई दिने राष्ट्रिय महिला भेला हुन लागेको हो। नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुने भेलाको पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १२ बजे उद्घाटन गने कार्यक्रम रहेको छ ।
भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार जनाको सहभागिता हुनेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend