शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गणतन्त्र दिवसका अवसरमा टुँडीखेलमा विशेष कार्यक्रम

गणतन्त्र दिवसका अवसरमा टुँडीखेलमा विशेष कार्यक्रम

१५ जेठ, काठमाडौं । सैनिक मञ्च टुँडीखेलमा १७ औँ गणतन्त्र दिवसका अवसरमा विशेष कार्यक्रम भइरहेको छ । गणतन्त्र स्थापनाका अवसरमा मूल समारोह समितिले औपचारिक कार्यक्रम गरेको हो ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख सहित सरकार विशिष्ठ अधिकारीसहित विदेशी नियोगका उच्च अधिकारी सहभागी छन् । समारोहमा सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहितका कार्यक्रम राखिएका छन् ।

त्यस्तै, सदाझै यस वर्ष पनि हेलिकोप्टरबाट पुष्प वृष्टिसहितका कार्यक्रम राखिएको समतिले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गर्नेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend