५ जेठ, जनकपुरधाम । कारले मोटरसाइकललाई ठक्कर दिँदा जनकपुरधाममा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ। आज बिहान बा२१च ३३४३ नम्बरको कारले जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा पत्रकार रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए। धनुषाको सहिदनगर नगरपालिका–८ घर भएका ३२ वर्षीय रोहिता ‘जनकपुर अनलाइन’का सञ्चालक तथा मकालु खबरमा कार्यरत थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend