शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रतिनिधि सभा तथा राष्ट्रिय सभा बैठक बस्नुअघि कांग्रेसको यति ठूलो तयारी

प्रतिनिधि सभा तथा राष्ट्रिय सभा बैठक बस्नुअघि कांग्रेसको यति ठूलो तयारी

फाइल तस्बिर
४ जेठ, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा सुरू भएको छ। शुक्रबार बिहान १० बजेदेखि संसदीय दलको बैठक सुरू भएको हो।

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधि सभा तथा राष्ट्रिय सभा बैठक बस्नुअघि सं‌सदीय दल बैठक गरेको छ। प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ । प्रतिनिधि सभा तथा राष्ट्रिय सभा बैठक बस्नुअघि कांग्रेसले ठूलो तयारी गरिरहेको बुझिएको छ ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। तर यसमा सत्ता पक्ष तयार देखिएको छैन।

कांग्रेसले संसदीय छानबिन समिति गठन नभए संसदका कामकारबाही अघि बढ्न नदिने बताएको छ। कांग्रेसका सांसदहरूले संसदीय छानबिन समिति गठनको माग गर्दै बिहीबार साँझ बसेको प्रतिनिधि सभा बैठक र त्यसअघि बसेको राष्ट्रिय सभा बैठक अवरोध गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend