शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी

फाइल तस्बिर

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते विश्वासको मत लिने भएका छन । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसै अनुसार दाहालले ७ गते विस्वासको मत लिने तयारी गरेको बुझिएको छ । दाहालले सो बारे सभामुख देवराज घिमिरेलाई बिहीबार जानकारी गराइसकेको संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

प्रधानमन्त्रीले बिहीबार संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग विस्वासको मत लिने विषयमा छलफल गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समेत सचिवालयमा पत्र लेखेर कार्यसूचीमा राखिदिन पठाइसकेको छ ।

२०७९ पुस १० मा प्रधानमन्त्री बनेका दाहालले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । उनलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend