शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन

कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन

१ जेठ, काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । रेग्मीको आज बिहान आफ्नै घर स्याङ्जाको भीरकोटमा निधन भएको कांग्रेसले जनाएको छ । रेग्मी राष्ट्रिय सभाका पूर्वसदस्य हुन् ।

उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिने छ । लामो समय शिक्षण पेसामा रहेका उनी २०५८ माघ २७ गते तत्कालिन माओवादीको गोली लागेर घाइते भएका थिए । रेग्मीको जन्म मध्यम वर्गिय किसान परिवारमा विस २००६ साल साउन १५ गते भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend