सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चिम्टीका अग्निपीडितलाई दुई छाक भोजनको व्यवस्था

चिम्टीका अग्निपीडितलाई दुई छाक भोजनको व्यवस्था

२३ बैशाख , काठमाडौं । मधेशी एकता समाजले सप्तरी जिल्लाको महदेवा गाउँपालिकास्थित चिम्टी गाउँका अग्निपीडितका लागि दुई छाक भोजनको व्यवस्था गरेको छ । मधेशी एकता समाज विदेशमा बस्ने प्रवासी मधेशीहरुको अन्तर्राष्ट्रिय संगठन हो । दुबईमा चिकित्सा पेशामा संलग्न डा. रविन्द्र कुमार यादव समाजका संस्थापक हुन् ।

संस्थापक डा. यादवले दिएको जानकारीअनुसार सप्तरी युथ नेपालको व्यवस्थापकीय सहयोगमा मधेशी एकता समाजले ६६ परिवारका अग्निपीडितलाई हिजो राति र आज दिउँसोको भोजन पकाएर खुवाएको हो ।

शुक्रबार वैशाख २१ ग्ते रहेको आफ्नो छोरा आदित्यको जन्मदिनको अवसरमा डा. यादवले मधेशी एकता समाजको तर्फबाट दुई छाक भोजनको सबै खर्च आफैँले बेहोरेका हुन् ।
त्यस अवसरमा आफ्ना आमा डा. बबीसिंह यादव र बुबा डा. यादवसहित चिम्टी पुगेका आदित्यले बालबालिकालाई भोजनसामग्री बाँडेर र अग्निपीडित स्थानीयवासीहरुसँग आशिर्वाद लिएर आफ्नो १३ औं जन्मदिन मनाएका थिए ।

डा. रविन्द्र यादवले छोराको जन्मदिनको अवसरमा मधेशी एकता समाजको तर्फबाट अग्निपीडितहरुलाई सहयोग गर्दा आफूलाई खुसी लागेको बताए ‌। बैशाख १८ गते मंगलबार चिम्टीमा भएको भीषण आगलागीमा ६६ परिवारको धनमाल, घर, अन्नपात तथा लत्ताकपडा जलेर नष्ट भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend