२१ बैशाख , काठमाडौं । नेपाल पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको उद्घाटन गरेका हुन । महाअधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन् ।
यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासङ्घको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको छ । महासङ्घको २७औँ महाअधिवेशन समेतका अवसरमा आयोजित प्रभातफेरी रत्नपार्क शान्तिबाटिकाबाट सुरु भई भृकुटीमण्डपस्थित महाअधिवेशनस्थल राष्ट्रिय सभागृहमा पुगेर समापन गरिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend