खबरब्रेकिंग,काठमाडौँ, जेठ १३ गते। सुर्खेतको वीरेन्द्रनगरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिन्दन गर्न लागिएको छ । नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीका अनुसार शनिबार दिउँसो २ बजे विशेष समारोहबीच अभिनन्दन गर्न लागिएको छ । गिरीका अनुसार पूर्वराजा शाहले कार्यक्रममा सम्बोधनसमेत गर्नेछन् ।
संयोजक गिरीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको छ । पूर्वराजा शाहसहित पूर्वमहारानी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend