खबरब्रेकिंग, काठमाडौं,जेठ ११ गते। नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले देशमा दिन प्रतिदिन बेरोजगारी समस्या बढ्दै गएकोमा चिन्ता ब्यक्त गरेका छन । उनले आज खबरब्रेकिंग संग छोटो कुरा गदै यस्तो चिन्ता ब्यक्त गरेका हुन । देशमा पढे लेखेका धेरै जसो सबै युवा, युवतीहरु स्वदेशमा रोजगार नपाएर पढने बाहानामा बिदेसीएका छन भन्दै उनले गम्भिरताका साथ चासो राखे । पढे लेखेका युवा , युवतीहरु स्वदेशमा बस्ने उचित बातावरण नभए यो देश कसले बनाउँछ भन्दै प्रश्न गरे । देशको बिकास र समृद्धिका लागी देशमा दक्ष जनशक्ति र युवाको आबश्यकता रहेको उनको भनाई छ । बर्तमान सरकार पनि बेरोजगार युवा युवतीहरुका बिषयमा गम्भिर नबनेको उनले आरोप लगाए । जब सम्म देशमा बेरोजगारी समस्या समाधान हुदैन तव सम्म देशमा दिगो शान्ति र बिकास नहुने रिजालले ठोकुवा गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend