शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

खबरब्रेकिंग, काठमाडौं,जेठ ११ गते। रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोरा रहेका छन्। दुर्घटनामा परेर आठ जना घाइते भएका छन्। उनीहरुलाई उद्धार गरेर उपचारको लागी पठाइएको छ।

सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको सदरमुकाम खलंगा जान लागेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा दुर्घटनामा परेको हो।

जिपमा १४ जना सवार रहेको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ। जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ। दुर्घटनाको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend