सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

फार्मासिष्टको लाइसेन्स परीक्षामा २२ प्रतिशत उत्तीर्ण

फार्मासिष्टको लाइसेन्स परीक्षामा २२ प्रतिशत उत्तीर्ण

खबरब्रेकिंग,काठमाडौं बैशाख ३१ गते । नेपाल फार्मेसी परिषद्ले लिएको फार्मासिष्टको २२औँ लाइसेन्स परीक्षामा २२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । ६९० जना सहभागी परीक्षामा १५३ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।

परीक्षामा झन्डै ८५ प्रतिशत पुराना र १५ प्रतिशत मात्रै नयाँ विद्यार्थी सहभागी भएको परिषद्का रजिष्ट्रार सञ्जिवकुमार पाण्डेयले बताए । फार्मासिष्टको लाइसेन्सका लागि वैदेशिक विश्वविद्यालयबाट ४१६, काठमाडौं विश्वविद्यालयबाट ११, पोखरा विश्वविद्यालयबाट १०३, पूर्वाञ्चल विशवविद्यालयबाट १७५ र त्रिभुवन विश्वविद्यालयबाट १८ जनाले आवेदन दिएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend