शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ

खबरब्रेकिंग, काठमाडौँ,बैशाख २७ गते । नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाँड नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन । उनलाई नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ ।
उक्त घटनाको अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । बुधबारै खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । यो सँगै उक्त घटनामा आरोपित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend