शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

नेपालीलाई नक्कली भुटानी बनाएर रकम कुम्ल्याउने सम्मको अपराध एमालेले बोक्नु हुदैनः रिजाल

नेपालीलाई नक्कली भुटानी बनाएर रकम कुम्ल्याउने सम्मको अपराध एमालेले बोक्नु हुदैनः रिजाल

खबरब्रेकिंग,काठमाडौं, वैशाख २१ गते। नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको बिषयमा अनुसन्धान गर्दा नेकपा एमालेका सचिव समेत रहेका टोपबहादुर रायमाझीलाई काठमाडौं प्रहरी परिसरले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको समयमा एमालेले तत्काल सचिव पदबाट निलम्बन गर्ने आट गर्नुपर्ने बताएका छन । आज खबरब्रेकिंग संग कुरा गर्दै उनले यस्तो बताएका हुन ।

गलत कार्यको विरुद्धमा जो सुकै होस पाटीले संरक्षण गर्ने काम कदापि गर्न नहुने उनको भनाई छ । उनले भने, ”करोडौं रकमको चेक लिएको कुरा एमालेलाई मान्य हुदैन।त्यही पनि सक्कली नेपालीलाई नक्कली भुटानी बनाएर रकम कुम्ल्याउने सम्मको अपराध एमालेले बोक्नु हुदैन । यस्तो जनसरोकारका महत्त्वपूर्ण बिषयमा छानबिन लाई सहयोग पुर्‍याउन सक्नुपर्छ र मात्र जनतामा बिश्वासको संचार हुन्छ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend