शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

सूचना तथा प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि सम्भव भएको छः सञ्चारमन्त्री शर्मा

सूचना तथा प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि सम्भव भएको छः सञ्चारमन्त्री शर्मा

खबरब्रेकिंग, काठमाडौं बैशाख १९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा शुभकामना ब्यक्त गरेकी छन् । उनले सूचना प्रविधि अब मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय माध्यमको रूपमा स्थापित हुन पुगेको जनाएकी छन् ।

यस्तै सूचना तथा प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि सम्भव भएको बताएकी छन् । आज छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा उनले दिएको शुभकामना सन्देश मार्फत यस्तो बताएकी हुन् । सुरक्षित सूचना प्रविधिस् सुशासन र समृद्धि भन्ने मूल नाराका साथ मनाउन थालिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend