बिष्णु प्रसाद शर्मा,
इतिहासलाई खुफिया नजरले परिमार्जन सहित हेर्न सकिन्छ । इतिहास भारत बर्ष होस्, नेपालकै होस्, शव्द छनोट गर्ने तरिका बौद्धिकता अनुसार भिन्न भिन्न रुपले प्रस्तुत हुन सक्छ । भगवान श्रीकृष्णले इन्द्र प्रस्त नदिए पनि बिकल्पमा ५ वटा गाउँ दिनु होस भनेर पाण्डपहरुका लागी मागिदिनु भएको थियो । धृतराष्ट्र दिन तयार भएनन् । त्यसको परिणाम सौं छोरा मात्र सखाप नभएर कौरवको बिनास भयो र मर्ने बेलामा ८ हात जमिन सम्म पाएनन् । तत्कालिन श्री ५ज्ञानेन्द्र शाहले पूर्व बसाईको क्रममा दलहरु संग सहकार्यको माग गरेका थिए । नेपाल उनैका पूर्वज श्री ५ पृथ्वीनारायण शाहको अथक प्रयासबाट एकीकरण गरिएको सम्पत्ति हो र शाहवंशिय राजाहरु नै यो देशका हकदार हुन । मुलुकमा शासन गर्ने क्षत्रियले नै हो , ब्रहमणहरुले होइन । बिडम्वना दलहरुवाट सहकार्यको कुरा त परै रहोस् उल्टै धम्किपूर्ण भाषामा ओठे जवाफ फर्किएको थियो र त्यो देशवासी जनताले नजिकवाट हेरिराखेका थिए । २०७९ चैत्र २० गते सुनसरीको सदरमुकाम इनरुवामा ज्ञानेन्द्र शाहको अभिनन्दन धेरै किसिमले उचित ठहरियो । दलीय ब्यवस्थाका धनी हौं भन्नेहरुवाट त्यो कार्यक्रम असफल बनाउन भरमग्दुर प्रयास भयो । टाँगिए ब्यानरहरु सबै मध्ये रातमा जनता सुतिरहेको अबस्थामा लुटेर लग्यो । कता कता ११ बैशाख २०६३ एउटा पाण्डवलाई पन्छाउन कौरवहरुको मध्ये रातमा जसरी परिपञ्च थियो । त्यसको जनमानसले गहिरो रुपले अध्ययन गरिएको छ र भोलीका दिनहरुमा जनतावाटै अमुकहरुलाई धृतराष्ट्रको भन्दा पनि नाजुक अबस्था नहोला भन्ने ठाउँ देखिदैन । महाभारतको समिक्षा गरिरहँदा पुत्रमोहमा रहेका धृतराष्ट्र बिदुरले पुत्रमोह त्याग्न सल्लाह दिएका थिए । आज दलमोहले राष्ट्र क्षत् बिच्छेद भएको छ भनेर संसदमा ज्ञानेन्द्र शाही र डा धवल शमशेर राणाले आवाज बुलन्द बनाई राख्नु भएको छ र बिदेशीको आडमा देश हाँकिरहने बिश्वासमा अमुकहरु दृढ रहेको देखिन्छ । तर त्यो जनताले मान्दैनन् र उनीहरुको अबस्था गम्भिर देखिदै छ । हामीले इतिहासलाई भुल्न थाल्दा धेरै गुमाउँदै गएका छौं ।
जनताले धक मान्नु भएको छ । दलीय भित्रको जंजालले देश बिदेशीहरुको क्रिडास्थल नै बनाईसकेका छन । दर्शन फरक, तरिका फरक हुन सक्ने थियो । कौरव महारथिले युद्धको नियम नटोडेको भए । किन कि अर्जुन पुत्र अभिमन्यूको निहत्था अबस्थामा हत्या नगरिएको भए । त्यसैको सम्झनामा तत्कालिन सात दलले राजा संगको सात बुँदे सम्झौताको जसरी उलंघन गरेका छन । ठिक त्यही अबस्थामा उनीहरुको पनि पतन हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend