आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा हुने

आज नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा हुने

 

१७ वैशाख, काठमाडौँ । आज नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा हुने भएको छ । आज दिउँसो ११ बजे एकीकरण भएको घोषणा गर्न लागिएको हो ।

कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा पार्टी एकीकरण कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका सबै तह र संघ(संगठनलाई उपस्थितिका लागि बोलाइएको छ ।

दुई पार्टी एकता भएपछि नागरिक जनमत पार्टी (नाजपा) बन्ने छ । जसको अध्यक्ष जनमतका सीके राउत नै बन्नेछन् ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्नेछिन् । संरक्षक रेशम चौधरी नयाँ पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ वरीयतामा भने उनी पहिलो स्थानमा हुनेछन् । त्यसपछि सीके र श्रेष्ठ रहने सहमति भएको छ ।

जनमतसँग ६ जना र नाउपासँग ४ जना प्रतिनिधि सभा सदस्य छन् । एकतापछि यो दल प्रतिनिधि सभाको सिटको आधारमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी बराबर हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend