१४ बैशाख, काठमाडौं । पत्रकार सबिना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ। शिक्षक आन्दोलनको क्रममा आइतबार उनी घाइते भएकी हुन । चिकित्सकका अनुसार सबिनाको दुवै आँखाको लेन्स सुन्निएको, आँखाभित्र रगत जमेको (हाइफिमा) र आँखाको छाला च्यातिएको छ।
अहिले औषधि उपचार सुरु गरिएको छ भने रगत पग्लिएपछि मात्र आँखाको पर्दाको अवस्थाबारे ठोस मूल्यांकन गर्न सकिने चिकित्सकले बताएका छन्। दृष्टि निकै कम भएकाले थप परीक्षण आवश्यक रहेको जनाइएको छ। अहिले सर्जरीको तयारी भइरहेको चिकित्सकले बताएका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend