आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

डोटीमा सडक दुर्घटनामा परी दुई जनाको ज्यान गयो

डोटीमा सडक दुर्घटनामा परी दुई जनाको ज्यान गयो

१० वैशाख, डोटी । डोटीमा सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । बुधवार बिहान ६ वजेर १० मिनेटतिर जिल्लाको जोरायल गाउँपालिका—१ गोल्डेन भन्ने ठाउँमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

कैलालीको धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख ३४२८ नं को खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल खस्दा ट्रक चालक बझाङ जिल्ला बुङ्गल नगरपालिका–२ दहबगरका अन्दाजी ३२ बर्षीय अर्जुन धामी र ट्रकमा सवार एक अर्का व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार अर्का मृतकको पहिचान खुल्न सकेका छैन । घटनावारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend