आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भोलिबाट एक महिने जैविक कृषि जागरण अभियान हुँदै

भोलिबाट एक महिने जैविक कृषि जागरण अभियान हुँदै

८ वैशाख, काठमाडौं । एक महिने जैविक कृषि जागरण अभियान २०८२ हुने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरेर खाद्यका लागि कृषि अभियानले सो जानकारी दिएको हो ।

रासायनिक मल र विषादी प्रयोग नियन्त्रण गरी माटो र मानव स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले जैविक कृषि जागरण अभियान चलाउन थालेको आयोजकले जनाएको छ ।

कृषिसम्बन्धी काम गर्ने संघसंस्थाको अनौपचारिक फोरमका रूपमा रहेको कृषिका लागि खाद्य अभियानले रासायनिक मल र विषादी प्रयोग घटाउने र जनचेतना बढाउन जागरण अभियान चलाउन लागेको अभियानका संयोजक उद्धव अधिकारीले बताउनु भयो ।

आयोजकका अनुसार  काठमाडौंबाट सुरु हुने अभियान मध्यपहाडी क्षेत्रका पालिका, विद्यालय, कृषि समूह, कृषि फार्महरूको भ्रमण तथा अन्तक्र्रिया हुनेछ ।

भोलिबाट पहिलो दिन नमोबुद्ध नगरपालिकासँग अभियानले छलफल र जागरण कार्यक्रम गर्ने छ र पूर्वी पहाडी र तराईका विभिन्न ठाउँमा कार्यक्रम ७ जेठमा अभियान सकिने छ ।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend