आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै

संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै

५ बैशाख, काठमाडौं । संघीय संसद् अन्तर्गतका ३ वटा समितिको बैठक बस्दैछ । आज बैठक बस्ने संघीय संसद् सचिवालयले जनाइएको छ ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुने जनाइएको छ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।

यस्तै, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । जुन बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१–८२ माथि छलफल हुनेछ ।

साथै, दिउँसो १ः०० बजेबाट  विधायन व्यवस्थापन समितिको बैठक  सुरू हुनेछ । उक्त बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा छलफल हुने जनाइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend