शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

यो गठबन्धन कति दिन टिक्छ भन्न सक्दिनँः माधव नेपाल

यो गठबन्धन कति दिन टिक्छ भन्न सक्दिनँः माधव नेपाल

१० वैशाख, काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट नेताहरु सुविधामुखी हुन थालेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन । सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो असन्तुष्टि ब्यक्त गरेका हुन । उनले नरबहादुर कर्माचार्यले कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गरे।

उनले को हुन् वर्गीय शत्रु र मित्र छुट्याएर अगाडि बढ्नुपर्ने स्पष्ट पारे। ‘नेपालको राजनीतिक जटिल छ। गठबन्धन जुट्ने र फुट्नेक्रम जारी छ। कति दिन यो गठबन्धन टिक्ने हो ? त्यसको जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ, म भन्न सक्दिनँ। हामी सहज ठानिरहेका छैनौं।’ उनले भने,‘कसैका धाकधम्की, गाली गलौच सुन्न हामी राजनीतिमा लागेका होइनौं, कसैको दास बन्न हामी राजनीतिमा आएका होइनौं।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend