शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्यूठानमा मोटरसाइकल दुर्घटना

प्यूठानमा मोटरसाइकल दुर्घटना

फाइल तस्बिर

९ बैशाख, दाङ । प्यूठानमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटना हुँदा दाङको घोराही उपमहानगरपालिका–१५ का २७ वर्षीय बिमल डाँगीको मृत्यु भएको छ । रा ५ प १५२८ नम्बरको मोटरसाइकल प्यूठानको माण्डवी गाउँपालिका–१ मुर्कुटी चौरमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend