शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सत्ता गठबन्धनभित्र असन्तुष्टि बढेपछि दाहाल र ओलीबीच सिंहदरबारमा भेटवार्ता

सत्ता गठबन्धनभित्र असन्तुष्टि बढेपछि दाहाल र ओलीबीच सिंहदरबारमा भेटवार्ता

फाइल फोटो
खबरब्रेकिंग,काठमाडौं, बैशाख ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिहंदरबारमा भेटवार्ता भएको छ । प्रदेश सरकार गठनको विषयमा सत्ता गठबन्धनभित्र असन्तुष्टि बढेपछि प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

गठबन्धनमा असन्तुष्ट जनाउँदै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग बुधबार साँझ भेटघाट गरेका थिए । सत्ता गठबन्धनमा समस्या उत्पन्न भएपछि दुई नेताबीच सोही विषयमा छलफलका लागि भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend