धादिङ, निलकण्ठ नगरपालिका २ केराबारी, धादिङमा नयाँ बर्ष २०८१ सालको शुभ अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । त्यसै गरी सोही कार्यक्रममा सिष्टर फाउन्डेसन नेपाल नामक सामाजिक संस्थासँग सहकार्य गर्दै राष्ट्रिय नागरिक बिकास समाजले श्री सराहदेवी आधारभूत बिद्याललाई शैक्षिक सामाग्री, स्कुल ड्रेस, ब्याग केही नगद सहित हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।

फाउन्डेसनकी अध्यक्ष शोभा थापा श्रेष्ठ, फाउन्डेसनका बरिष्ठ सल्लाहकार लक्ष्मण मल्ल, बन्दना अधकारी, लक्ष्मी श्रेष्ठ, धादिङकै समाजसेवी कपिल भट्ट लगायत स्थानीय अभिभावक, समाजसेवीहरू, स्कुलका प्रधानाध्यापक नानीराम रिमाल लगायतको उपस्थित रहेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend