शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गर्दै

आज काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गर्दै

फाइल तस्विर

खबरब्रेकिंग,काठमाडौं, चैत २७। आज काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गर्दै छ । अपराह्न राप्रपाले काठमाडौँमा बृहत् प्रदर्शन गर्न लागेको हो ।

भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ । प्रदर्शनमा ५० हजार भन्दा बढीलाई उतार्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले दाबी गरेको छ ।

पार्टीले अघि सारेको ४० बुँदे माग पूरा गराउन दबाब दिन जिल्लाहरूमा विभिन्न कार्यक्रम गरिएको र आज काठमाडौँमा हुन लागेको जनप्रदर्शनमा देशभरका कार्यकर्ताहरू सहभागी हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजतन्त्र पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend