शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सभापति अब्दुल खान चढेको कार दुर्घटना

सभापति अब्दुल खान चढेको कार दुर्घटना

खबरब्रेकिंग,काठमाडौं, चैत २६। संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ ।
जनमत पार्टीका उपाध्यक्ष एवं सांसद समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ ।

हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौ ल्याउन लागिएको बताइएको छ । उनीसँग गाडीमा को को थिए भन्ने स्पष्ट हुनसकेको छैन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend