खबरब्रेकिंग,काठमाडौं, चैत २६। फोटोपत्रकार क्लबमा नयाँ कार्यसमिति चयन गरिएको छ । आइतबार काठमाडौंमा भएको क्लबको १३औँ साधारणसभाबाट द्धारिका काफ्लेकोे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
आउँदो दुई वर्षका निम्ति काफ्लेकोे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । क्लबको उपाध्यक्षमा अंगद ढकाल, महासचिवमा अमुल थापा, सचिवमा कबिन अधिकारी, कोषाध्यक्षमा केशव थापा निर्विरोध निर्वाचित भए । सदस्यहरूमा सन्जोग मानन्धर, निशा भण्डारी, इलिट जोशी, बिजु महर्जन, सरोज बैजु र सन्जित परियार निर्विरोध चयन भएका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend