शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न

खबरब्रेकिंग,काठमाडौं, चैत २६। नेपाल पत्रकार महासङ्घको अधिवेशन विधानबमोजिम तोकिएको समयमा गर्न प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकले माग गरेको छ । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकले सो माग गरेको हो ।

प्रेस सेन्टर नेपालको आइतबार राजधानीमा सम्पन्न बैठकमा अध्यक्ष विष्णु सापकोटाले पत्रकार महासङ्घ साझा संस्था भएकाले सहमतिका आधारमा समस्या समाधान गरी अगाडि बढ्न आग्रह गरे । बैठकले सदस्यता शुद्धीकरण अभियानलाई विगत साधारणसभाको ‘म्यान्डेट’ अनुसार नै सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाको प्रमुख अथितीमा सम्पन्न उक्त बैठकले समानुपातिक विज्ञापन नीतिलाई कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । बैठकमा उपाध्यक्ष सापकोटाले तीनै तहका सरकारसँगको समन्वयमा मिडिया बचाउने र पत्रकार टिकाउने योजना निर्माण गर्नुपर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend