फाइल तस्बिर
खबरब्रेकिंग,काठमाडौं, चैत २४। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाममा गठबन्धनमा रहेका अन्य दलले आफ्नो पार्टीको
उम्मेदवारलाई फिर्ता गरी एकीकृत समाजवादीलाई सघाउन आग्रह गरेका छन । उनले आफ्नो पार्टीको उम्मेदवारले चुनाव जित्ने दाबी गरेका छन्।
इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका तर्फबाट जीतबहादुर राईको उम्मेदवारी दर्तापछि पत्रकारहरूसँगको कुराकानीमा नेता खनालले सबै चकित हुने गरी पार्टीले उपनिर्वाचन जित्ने बताएका हुन्।
‘इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ। हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ। परिणाम आएपछि धेरै चकित हुनेछन्,’ उनले भने।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend