शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज काठमाडौँमा बृहत् अन्तरक्रिया हुर्दै, शीर्ष नेताहरूले सम्बोधन गर्ने

आज काठमाडौँमा बृहत् अन्तरक्रिया हुर्दै, शीर्ष नेताहरूले सम्बोधन गर्ने

खबरब्रेकिंग,काठमाडौं, चैत २०। समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने भएको छ । राष्ट्रिय सभागृह भृकुटीमण्डपमा दिउँसो १ बजे अन्तरक्रिया हुने नेत्रविक्रम चन्द विप्लवको सचिवालयले बताएको छ ।

सचिवालयका अनुसार ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे अन्तरक्रिया कार्यक्रम राखिएको हो । कार्यक्रममा एमालेसहित मोर्चाका नेता तथा कार्यकर्ता र समाजवादी विचारमा आबद्ध सबै दलहरूलाई निम्ता गरिएको छ । मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा रहेका छन् ।

कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चार वटै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, माधव कुमार नेपाल, उपेन्द्र यादव, नेत्र बिक्रम चन्द लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend