आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भ्रष्ट्राचार र विकृति नेपालको विकासमा अवरोध

भ्रष्ट्राचार र विकृति नेपालको विकासमा अवरोध

भक्त केसी,

२८ फागुन, काठमाडौं । पछिल्लो समयमा आएर नेपाली जनताले राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापना चाहिरहेका छन्। अहिलेको समयमा, नेपालमा जनताको ठूलो संख्यामा राजालाई साथ दिदै सत्ताधारीको विरोधमा देखिन्छन । सडकमा हिँड्न थालेका नागरिकहरू, चाहे ती युवा हुन् या वृद्ध, पार्टीका सदस्यहरू, व्यापारीहरू, सेवानिवृत्त कर्मचारीहरू, र बौद्धिक सर्कलका सदस्यहरूले राजा प्रति सम्मान र राजनीतिक पार्टीहरू प्रति निराशा व्यक्त गरेका छन्। विशेष गरी, काठमाडौंमा भएको ठूलो जुलुसमा राजा आउ, देश बचाउू भन्ने नारा निकै उठेको छ, जसले राष्ट्रप्रेमको भावना बलियो बनाएको छ। यसले नेपालका राजनीतिक दलहरूको नेतृत्वमा त्रास र भयको वातावरण सृजना गरेको छ। साथै, नागरिकको असन्तोषले देखाउँछ कि उनीहरू राजनीतिक दलहरूको वर्तमान व्यवस्थाबाट असन्तुष्ट छन् र केही बदलाबको आशा राखेका छन्।

यस परिस्थितिमा, अस्लिल शब्दहरूको प्रयोगले स्थिति अझ तनावपूर्ण बनाउन सक्छ। हाम्रा मानव जीवनका उथलपुथल पनि प्राकृतिक चक्रको हिस्सा हो, जस्तै घडीको चक्र चाल घुमाउरो भएजस्तो , हाम्रो जीवन पनि समयसँगै परिवर्तन हुँदै जान्छ र राजनीति पनि समयअनुसार परिवर्तनशील हुन्छ। जीवनका विभिन्न चरणहरू सँगै, त्यसको परिवेश, परिवार, र शिक्षा मानिसको मानसिकता र सोचमा ठूलो प्रभाव पार्छ। यो विचार गर्दा, व्यक्ति कुनै पनि बाध्यता वा रोजाइमा अघि बढ्दै आफ्नो भविष्यको लागि एउटा उद्देश्य पाउँछ, जस्तै लाहुरू (विदेश) जानु, पैसा कमाउनु, वा परिवारलाई राम्रो जीवन दिनु।

आध्यात्मिक ध्यानको अभ्यासले मानिसलाई मानसिक र शारीरिक रूपमा सन्तुलित राख्न मद्दत गर्दछ। यसले व्यक्तिको सकारात्मकता र सम्भावनाहरूलाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ, जसले जीवनमा प्रेरणा र शिक्षा प्रदान गर्दछ। सकारात्मक सोच र सही दृष्टिकोणले मानिसलाई व्यक्तिगत र सामाजिक रूपमा सुधार गर्न सक्षम बनाउँछ। त्यस्तै, यदि विपद् वा प्रकोपले जनधनको क्षति गर्छ भने, यो विपत्ति बन्न सक्छ। प्राकृतिक र मानवीय प्रकोप दुबै प्रकारका हुन सक्छन्, तर जब जनधनको हानी हुन्छ भने मात्र त्यसलाई विपत्ति मानिन्छ। उग्र भाषण बाजी न भएको कुरा गर्दा भ्रम फैलिन्छ।

राजनीतिक परिप्रेक्ष्यमा, राष्ट्रियता र राष्ट्रिय स्वाधीनता एक अपरिहार्य आवश्यकता हो। आदर्श आधारित कार्यकर्ताहरू र राजनीतिक व्यक्तिहरूले राष्ट्रको समृद्धिमा योगदान दिन सक्छन्। नेपालको समकालीन राजनीतिमा, नीति भन्दा नेताको पछाडि लाग्ने प्रवृत्तिले देशको प्रगति र समृद्धिमा अवरोध ल्याएको छ। ठूला राजनीतिक दलहरूको भ्रष्ट्राचार र विकृति नेपालको विकासमा अवरोध बनेको छ। राष्ट्रको समृद्धि र राष्ट्रिय उन्नतिको आधारशिला त्यसका नागरिकका उन्नतिहरूमा निर्भर गर्दछ।

नेपालको राजनीतिक परिप्रेक्ष्यमा राष्ट्रिय चरित्र र राष्ट्रियता बुझेको राजनीतिक नेता नै राष्ट्रको उत्तरणमा अग्रसर हुन सक्छ। राजा जस्ता रास्ट्र नायकले एक किसिमले राष्ट्रको अस्तित्व र सुरक्षा सुनिश्चित गर्नको लागि राष्ट्रवादी सोचको महत्त्वलाई बढावा दिएका उदाहरण अनेक पाईन्छन । राष्ट्रको समृद्धि र स्थिरता केवल राजनीतिक र कूटनीतिक दक्षतामा र सामाजिक, आर्थिक र सामरिक क्षमता लगायत सबै क्षेत्रहरूको सन्तुलित विकासमा पनि निर्भर छ।राष्ट्रिय राजनीतिको संक्रमण चरम उत्कर्समा छ । सबै नीतिमध्ये राजनीति अब्बल हो । तर राजनीति नै अप्ठेरोमा पर्छ र देशको अस्तित्व नै संकटमा पर्ने अवस्था आउँदा त्यो बेला राजनीतिक सुरक्षाको लागि राजाको आवश्यकता पर्छ । यी लेखकका निजी बिचार हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend