शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार केही हुँदैनः मुख्यमन्त्री कार्की

माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार केही हुँदैनः मुख्यमन्त्री कार्की

खबरब्रेकिंग,काठमाडौं, चैत १०। कोशी प्रप्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशीमा सहमतीय सरकार गठन गर्नुपर्ने बताएका छन् । नेपाल क्षयरोग निवारण संस्थाको ४४ अ‍ौं केन्द्रीय सभाको वार्षिक अधिवेशनमा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन । उनले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताए ।

‘संविधान अनुसार बनेको सरकार हो । सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन,’ उनले भने, ‘त्यसैले माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार केही हुँदैन ।’

यो सरकारविरूद्ध बलजफति गर्न जोसुकैलाई प्रदेश प्रमुख बनाएर संविधान विपरित केही गर्न खोजिए तत्कालिन प्रधानसेनापति रूक्माङ्गद कटुवालको घटना दोहोरिने मुख्यमन्त्री कार्कीले बताए । संघीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माण गर्नु पर्ने उनको भनाई छ ।

‘पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदको समर्थनमा म मुख्यमन्त्री बनेको हुँ ।’ उनले भने,’एमालेकै भावना अनुसार सर्वदलीय सरकार बनाउन लागिपरेको छु ।’ मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend