शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

केन्द्रीय सदस्य शर्माले छाडे माओवादी

केन्द्रीय सदस्य शर्माले छाडे माओवादी

खबरब्रेकिंग,काठमाडौं, चैत ८। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी छाडेका छन्। शर्माले माओवादी नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा आफूलाई आत्मग्लानी भएको भन्दै बिहीबार पार्टी त्यागेको घोषणा गरेका हुन्।
१७ हजारको ज्यान लिएको माओवादी सशस्त्र द्वन्द्वलाई कलंकित गर्ने काम भएकाले आफूले माओवादी छाडेको शर्माले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।
द्वन्द्वकालमा आफैले उठाएको मुद्दाबाट माओवादी च्युत हुँदै गएको र माओवादी पार्टी, पार्टी नभएर गुटै गुटका महासंघमा रुपान्तरण भएकाले पार्टी छाड्नु परेको शर्माको भनाई छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend