सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

डा अंकुर साह मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त

डा अंकुर साह मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त

खबरब्रेकिंग,काठमाडौं, चैत १। डा अंकुर साहलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरिएको छ । स्वास्थ्य मन्त्रालयको सिफारिसमा डा साहलाई कुलपति समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार उपकुलपति नियुक्त गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष समेत रहेका डा साह प्रतिष्ठानका निमित उपकुलपति थिए । २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएपछि प्रतिष्ठान उपकुलपति बिहीन थियो । जसको कारणले प्रतिष्ठानको कामकाज प्रभावित हुँदै आएको थियो ।

गत फागुन २१ गते स्वास्थ्य मन्त्रालयले उपकूलपतिका लागि डा साहको नाम एक नम्बरमा राखेर सरकारलाई सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि १८ असोजमा दरखास्त आह्वान गरेको थियो । जसमा १५ कात्तिकसम्म ९ जनाको दरखास्त परेको थियो ।

डा। रमेशप्रसाद सिंह (सर्लाही), डा।योगेन्द्रप्रसाद सिंह ९सर्लाही०, डा। पशुपति चौधरी (सुनसरी), डा राजेन्द्रप्रसाद साह (पर्सा), डा। गौरीशंकर साह (सुनसरी), डा विद्यानाथ यादव (सप्तरी), डा रोहितप्रसाद यादव (रौतहट), डा अंकुरप्रसाद साह (धनुषा) र डा सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिएका थिए । तर, लामोसमयदेखि स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको थिएन ।

नेपाली कांग्रेसका स्वास्थ्य मन्त्री रहेको बिरेन्द्र सिंहले सरकारबाट हट्नु पर्ने अवस्था आएपछि अन्तिममा उनले गत फागुन २१ गते मुख्यमन्त्री कार्यालयमा उपकुलपतिको लागि क्रमिक रुपमा तीनजनाको नाम सिफारिस गरेका थिए । जुन दिन केन्द्रमा समिकरण फेरिएपछि मधेशमा काँग्रेसलाई सरकारबाट हट्नु पर्ने स्थिति सृजना भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend