शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले रोल्पाको अध्यक्षमा बुढामगर विजयी

एमाले रोल्पाको अध्यक्षमा बुढामगर विजयी

खबरब्रेकिंग,काठमाडौं, चैत १। नेकपा एमालेको रोल्पा अध्यक्षमा अमृत बुढामगर विजयी भएका छन् । रोल्पाको सातौँ जिल्ला अधिवेशनबाट बुढामगर निर्वाचित भएका हुन।

रोल्पाको भावी एमाले नेतृत्व छनोटका लागि बुधबार भएको निर्वाचनबाट उनी निर्वाचित भएको सो पार्टीले जनाएको छ। उता, सचिवमा नेपबहादुर थापा विजयी भएका छन्, थापाले १८२ मत ल्याउँदा उनका प्रतिस्पर्धी ठाकुरप्रसाद वलीले ११२ मतमा सीमित हुनु परेको थियो। उपसचिवमा बमबहादुर पुन, महिला उपसचिवमा रमिता डाँगी विजयी भएका छन् । सो अधिवेशनमा ३८१ प्रतिनिधि सहभागी थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend