खबरब्रेकिंग,काठमाडौं, फागुन २७। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ मा आगामी निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गोरखा क्षेत्र नम्बर २ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको क्षेत्र हो ।
यसअघि आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई मतदातासँगको वृहत् छलफलमा निर्णय पुनर्विचार गर्न आएको सुझावलाई स्वीकार गरेको नेसपा नेता तथा बाबुरामका राजनीतिक सहयोगी विश्वदीप पाण्डेले बताएका छन् ।
पाण्डेले भने, नेसपा अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसँग वृहत् छलफल भएको थियो । सो क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ ।अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ ।
गत वर्ष निर्वाचनमा बाबुरामको पार्टी नेसपा माओवादीको चुनाव चिन्हबाट लडेको थियो भने बाबुरामले नै प्रचण्डलाई गोरखा २ मा आफ्नो क्षेत्र छाडेर चुनाव जिताएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend