खबरब्रेकिंग,काठमाडौं, फागुन २७। संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर ९ मिनेटमा बस्ने छ ।
आजको बैठकमा राष्ट्रिय सभा अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम मनोनयन गर्नुहुने, अध्यक्षले राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्नुहुने, अध्यक्षले विषयगत समितिमा रहनुहुने सदस्यहरुको नाम हेरफेर तथा मनोनयनका लागि प्रश्ताव गर्नुहुने, आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभाम छलफल हुने कार्यसूचि रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend