खबरब्रेकिंग,काठमाडौं, फागुन २७। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।
पूर्व स्वास्थ्य मन्त्री नै रहेका जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाँदैछ। उपप्रधानमन्त्री सहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यादवले पाउने छन् भने उक्त पार्टीकै नेता दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दैछन् ।
जसपाका नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्री बन्नेछन् । उनीहरुको शपथ ग्रहण आइतबार नै हुने भनिएको छ तर अझै समय तय भइसकेको छैन ।
जसपालाई मन्त्रीमण्डलमा सहभागी गराएर आगामी ३० गते प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिने छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend