खबरब्रेकिंग,काठमाडौं, फागुन २४। जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ८ बजेका लागि बैठक बोलाइएको पार्टीका एक नेताले बताए।
जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ। तर मधेश प्रदेश सरकारको निरन्तरता लगायत विषयमा आश्वस्त हुन नसक्दा उसले बुधबार मन्त्री पठाएन। सरकारमा सहभागी हुने मन्त्रीबारे टुंगो लगाउन बैठक बस्ने बुझिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend