सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अस्थिर राजनीतिले निम्त्याएको संकट

अस्थिर राजनीतिले निम्त्याएको संकट

भक्त केसी,

नेपालमा विश्वास योग्य नेता नै छैनन् प्रचण्ड विश्वास योग्य छैनन, समीकरणको जन्म नै अस्वभाविक, नयाँ पनि चटके भए, नसुध्रे स्थिति अकल्पनिय छ।काँग्रेसी नेता भन्छन , आफुले पनि कुनै उपलब्धि मुलक उदाहर्णीय काम केहि गरेनन। प्रत्यक्ष रुपमा जनतासंग जोडिएका कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, सुरक्षा खानेपानी, शुलभ यातायात अहिलेका छलफल योग्य विषय हुन् ।कसरी सुधार हुन्छ ? यतिबेला देशमा भरोसा गर्न योग्य नेता नै छैनन्। नेपालमा नेताचाहिँ स्थिर, सधैँ उही अनुहार, नीति र राजनीतिचाहिँ अस्थिर भएको जानकारी सिङ्गै संसारलाई जानकारी भएको छ।

शीर्ष नेता नै छैन– नेपालप्रति इमान्दार विश्वासनीय , सन्तान सबै विदेशमा , सबै पार्टीका वरिष्ठहरू प्रचण्ड विश्वास योग्य छैनन भन्छन , हालीमुहाली उनकै छ। समीकरणको जन्म नै अस्वभाविक भन्ने गर्थे के।पी। बा , अर्थ अब लाग्दैछ , अयोग्य कैयन नेता देखिएका छन् ।नेता जोगाउन छानविन समिति १ सुन प्रकरणकै शैली, किन छैन विज्ञलाई विश्वास रु राजनीतिक नेतृत्वप्रतिको खुम्चिंदो विश्वास छ , नेपालमा , पुराना, योग्य, इमानदार, हुन्छन कि युद्ध लडेका नेता भनेको त नेपालकै अस्वास्थ्य राजनीतिज्ञ बने।

अहिलेको पछिल्लो समिकरण नेपाल को राजनीति उत्तर फर्केको छ। नेपालको राजनीति रमाइलो घुम्तीमा पुगेको छ। राज्यसत्ताको मोह र अहंकारमा पिल्सिएका केपी ओली राज्यशक्तिका लागि ब्वाँसाजस्तै बेने बन्छन बौद्धिक व्यक्तित्वहरु , नेपालले पनि विभिन्न देशको शासकीय प्रणालीको गहन अध्ययन गरी नेपालको माटो सुहाउँदो संसदीय प्रणाली लागू गरेको हो नेता भन्छन त्यसैले नेपालको संविधानको बिपरित त छैन। ताक परे तिवारी नत्र गोतामेु भन्ने उखानजस्तै नेपालको राजनीतिमा पुरानै बेथिती को अभ्यासरत् राजनीति हो।

नेपाली समाजको राजनीतिक, आर्थिक र सांस्कृतिक रूपान्तरणमा वामपन्थी दलहरूको हातमा त् पुग्यो , हरेक राजनीतिक दलले आफ्नो सङ्गठनात्मक व्यवस्थापन, निर्वाचन प्रणाली र पार्टी संरचना, आर्थिक स्रोत तथा व्यवस्थापन, राज्य निकायमा पुग्न थालेको नीति नागरिकले मुल्याकन गर्लान। लोकतन्त्रप्रति आस्थावान् नेता कार्यकर्ताहरूले कांग्रेसको सिद्धान्त के हो रु बुजेनन अध्यन्सिल नेता त छैनन् कार्यकर्ता को त् के कुरा , दलहरूको मूल काम मत र विचार सङ्ग्रह गर्ने, वैकल्पिक नीति प्रस्तुत गर्ने र राजनीतिक नियुक्ति गर्ने हो ।

यसका लागि दलहरू स्वयम्मा अनुसासित हुनु पर्छ , त्यो कुसलता पाइएन। राणा शासनपछिको प्रजातान्त्रिक व्यवस्था, पञ्चायत,। बहुदल हुँदै लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थासम्म आइपुग्दा नेपालमा लाज लाग्दो छ। नागरिक आफ्नो प्रजा होइन र देश उनीहरूको जग्गा होइन भन्ने कुरा राजनीतिज्ञहरूले बिर्सेको देखिन्छ। फोहोरी राजनीतिक खेल चलिरहेको छ। नेपाली जनताले अपेक्षा गरेको परिवर्तनको बाबजुद पनि नेपाली राजनीतिमा धूर्तहरुको हावी छ। राजनीतिलाई फोहोरी खेल ठानेर घृणा गर्ने नेपाल भयो , कुटनीतिकज्ञहरुले हासो गर्छन।

नेपालमा अत्यावश्यक पदहरूमा कम योग्य, राजनीतिक रूपमा भ्रष्ट व्यक्तिहरूलाई छनोट, मनोनयन र प्रवर्द्धनमा फोहोर राजनीतिले प्रमुख भूमिका खेलेको छ।नेपालका शक्ति केन्द्रहरूले कसरी फोहोर राजनीतिलाई पहिले नै समस्याग्रस्त बनाई खेल्छन फेरी पनि उधारण बन्यो फेरी, नेपालको राजनीति र सार्वजनिक प्रशासनमा भ्रष्टाचार, अनियमितता र भाडामा लिने व्यवहारको जरा गाडिएको छ, जसले राष्ट्र लाइ संकटमा पारेको छ ।नेपाली राजनीति साँच्चै फोहोरी भएको छ । नेपाल को कुरा गरौ , को छन् अब राजनीतिक ध्रुवीकरण नेपालको राजनीतिक परिदृश्य धेरै खण्डित छ, धेरै राजनीतिक दलहरू र स्वार्थ समूहहरू सत्ताको लागि प्रतिस्पर्धा गरिरहेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend