खबरब्रेकिंग,काठमाडौं, फागुन २२। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने तय भएको छ । सत्ता गठबन्धन भत्किएर नयाँ समीकरण बनेसँगै कांग्रेसको बैठक बस्न लागेको हो ।
दिउँसो ३ बजे बस्ने बैठकमा नयाँ सत्ता समीकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल हुने बताइएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्दै छ । माओवादी केन्द्रले एकाएक एमालेसँग सहकार्यको हात बढाएपछि कांग्रेस सत्ताबाट बाहिरिन पुगेको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend