खबरब्रेकिंग,काठमाडौं, फागुन १९। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लव सिबीच आज साँझ भेटवार्ता भएको छ ।
यी दुई नेताबीच डल्लुस्थित खनाल निवासमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उनीहरु बीच देशको वर्तमान अवस्था, कम्युनिस्ट एकतामा देखिएका समस्या र सम्भावना र अन्य समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ ।
आजै बिहान प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका दुई नेताबीच भएको भेटवार्तालाई निकै अर्थपूर्ण ढंगले हेरिएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका खनाल पछिल्लो समय वामपन्थी एकताका पक्षमा खुल्ला बहस गर्दै आएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend