भक्त केसी,
खबरब्रेकिंग,काठमाडौं, फागुन १८। दोष सधै अरुलाइ दिने नगर्नुस के थाहा त्यो तपाईंले रोपेको वृक्षको फलले के गर्ला भबिस्यमा ? अरुलाइ किन दोष दिनु आफैमा खोट भए पछि, हुन पनि कस्ले पो के गर्छ, घरकै मान्छे चुप चाप भएसी राज्य मुक्दर्सक हुन्छ। मदन भन्डारी कोस्ले मारेको ? दोष अरुलाइ लगायौ। कहाँ छ अपराधी ? अरुलाइ आरोप लगाई बस्ने समय नभएको थाह होस , हो कुनै बेला त्यो युग थियो जति खेर राजालाई मार्र्य दोष अरुलाइ लगायौ। अरुलाइ दोष दिनु अघि आफ्नो दोष केलाउनुस, निर्मला बलात्कारपछी हत्या भयो ,निर्मला पन्त बलात्कार र हत्याकाण्ड नेपालमा भएको एक दर्दनाक हत्याकाण्ड मध्ये एक हो ।अधिकांश चेली बलात्कारपछी हत्या गरिएका छन, जसमध्य निर्मला एक हुन ।
निर्दोषलाई खडा गरेर दोषि बनायौ ,निर्दोषलाइ जेल भित्र सडाउछौ ,अरुलाइ दोष दिनु भन्दा पहिला आफ्नो सुरूक्षा आफै गर्नु होला भन्छौ , हत्याराहरु र दोषीहरुलाइ आम माफी दिन्छौ , सरकारले ‘स्वेच्छाचारी ढङ्गले’ सिफारिस गर्ने कैद मिनाहा वा आममाफी सम्बन्धी सिफारिस राष्ट्राध्यक्षले अनुमोदन गरेकोमा चिन्ताको बिषय बनेको छ नेपालमा अपराधीले सजाय नपाउने मुलुक मा छ , नेपालमा जीवनको ग्यारेन्टी छैन त्रसित छन् नागरिक , नेपालमा बैंकिङ ठगी बढ्दै गएको छ । लघुवित्त ले घर बास बिहिन छन् नागरिक, सहकारीले उजाड बनायो गरिब को घर बास ,अनि नागरिक ठगिने नि सबै तिरबाट ,वित्तीय संस्थाहरुबाट सेवाग्राही, ऋणीहरु ठगिने घटना बढेसँगै सम्बन्धित निकाय मुक्दर्सक छन्। काठमाडौं महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ । उपभोक्ता सम्बन्धी ऐनकानुनका ठेली छन् तर उपभोक्ता आफैं सचेत नहुँदा ठग्ने– ठगिने क्रम झनै बढेको छ।संसद परिसरमै पुगेर लघुवित्त ऋणीहरूको बिरोध प्रदर्शन गर्नु पर्ने कस्तो दिन देख्नु पर्छ ? राज्यले नागरिकको समस्या प्रति ध्यान दिनु पर्ने होइन केहि दाइत्यो छैन ? जिम्मेवार हुनु पर्दैन नेपाल सरकार ठगिने उजुरी गर्न डराउँछन्, ठग्ने नै जनप्रतिनिधि गुहार्दै जादा उनी सुकिला मुकिला नेता कार्यकर्ता संग्लग्न हुने देख्दा मुलुक कस्ता ले चलायको छन् प्रस्ट छ। ठगिने क्रम भने बढेको तथ्याङ्कले देखाउँछ लघुवित्त र मिटरब्याजपीडितलाई न्याय दिने कसले ? लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुनु पर्छ जबाफदेही होस् यो सरकार ,शेयर बजार , बैंक तथा वित्तीय सस्था अनमिय्ता , पक्राउ परेका अपराधी ,सुन तस्करि , एनसेल काण्ड जस्ता काण्ड , बीमाको हिनाबिना आईपीओ , लाभांश रोकावट , लघुवित्त अनमियता रोक्नु पर्छ। आखिर कहाँ-कहाँ ठगिन्छन् नेपाली नागरिक सरकारले हेक्का राख्नु पर्छ।
ठगिने र स्वदेशी पुँजी पलायन हुने क्रम बढ्दो छ हाल लघुवित्त वित्तीय संस्थासहित बैंक तथा ठुला घर घरानाका भनिनेहरु समेत को मिलो मतो देखिन्छ अनि न्याय दिने निकायले उनीहरुलाई समर्थन गर्ने यस्तो नि हुन्छ ? राष्ट्रको अहित नेपाली नागरिक को अहित गरि राख्ने, सरकारमा रहेकाले सधै हेरेर बस्ने ? गणतन्त्रको जग नै हल्लिएकै हो त ?कतिन्जेल प्रोपोगन्डा ? राजनीतिक प्रोपोगन्डा, मा अडिएको नेपाली राजनीति कर्मचारीको मनोबल बडाउन सकेको छैन। पार्टी राजनीतिको प्रभाव साधु, सन्त, जोगी र सन्नेसी सबैमा पर्दोरहेछ ।राजनीतिक उद्देश्य पूरा भयो, पीडितले न्याय पाउने कैले , ?
सदियौँदेखि रहिआएको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्धको उपहास गर्दै एकदमै घटिया र निम्नकोटीको भाषण गर्दा लाज हुनु पर्ने हो। सम्माननीय प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री माधव तथा पूर्वप्रधानमन्त्रीझलनाथ पक्षले पूर्वप्रधानमन्त्री केपीशर्मा ओली पक्षको खैरो खन्न कुनै कसर बाँकी राखेको छैन। एक आपसमा आ-आफ्नी शैलीमा गालिगलोच , सम्म गरेको देखिन्छ। लोकतान्त्रिक समाजवादीभित्र असन्तुष्टिको आवाज सुनिएपछि नेपाली नागरिकले के गर्ने ? निकास नै छैन कि के हो ? के निकास राजा फर्काउ देश बचाऊ मात्र बाकी रहेको हो ? अब जनता आऊ राजा फर्काउ भन्नुस भन्ने नाराले गुन्जिन्छ देश , जब जब देश संकट बाट गुज्रिन्छ तब तब भगवान राजा को रुप धारण गरी देशको रक्षाको लागि सक्रिय रहनेछन भन्ने आस्मा छन् नागरिक ,कानुनी अड्चन भए नागरिक ले हक हितको लागि गणतन्त्र केहि भएँन दुरुपयोग भएकोले अवरोध तोडेर संबिधान संसोधन तिर लग्नु पर्छ। अपराधी ,दोषीहरुलाइ आम माफी हुन्छन थुना मुक्त हुन्छन भ्रस्ट नेता कार्यकर्ताले जे जति गरे राजपरिवारले २०० बर्षमा नि गरेन। अब त नागरिकले नि बजेको कुरा हो। राजा विरुद्ध प्रचार नगर ज्ञानेन्द्र शाही र राजेन्द्र लिङ्देन ले चर्काचर्की रुपमा संघीयता खारेज गरि हिन्दुराज्य र राजा ल्याउन सडकमा आगो बाल्ने त्यतिकै भनेको रहेनछन । नागरिकको रुचि विरुद्ध फेरि राजनीति पार्टीका नेताले अनर्गल प्रचार सुरु गरेको बुजिन्छ , नेपाली नागरिक होसियार। केशर बहादुर बिस्ट , रा. प्रा. पा. , दुर्गा प्रसाइ र नेपाली नागरिकको रुचि बिपरित जान न दिउ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend